Photo: Binod Budha

हुम्ला। अदानचुली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ३ दिने जेष्ठ नागरिक तथा बालबालिकाहरुको लागि घर दैलो स्वास्थ्य शिबिर सम्पन्न भएको छ। बिहिबार देखि शनिबार सम्म संचालन भएको शिबिरमा ५४७ महिला र ४०३ पुरुष सहित जम्मा ९५० जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले जानकारी दिनु भयो। बुढाका अनुसार शिबिरमा १६४ जना जेष्ठ नागरिक, २०७ बालबालिका र ४० जना दिर्घ रोगिले लाभ लिएको जानकारी दिनु भयो ।

जेस्ठनागरिक तथा बालबालिका बिरामी हुदा सजिलै गाउँपालिकाको स्वास्थ्य सस्थामा आउन नसक्ने हुँदा बिरामीको लागि गाउँमै गएर उपचार गर्न शिबिर संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनु भयो। महताराका अनुसार पालिकाका सबै जनतालाई आउन सजिलो होस् भनेर विभिन्न १० ठाउँमा शिबिर राखिएको जानकारी दिनु भयो।

पहिलो दिन तुम्च ,मकै र गल्फागाडमा शिबिर संचालन गरिएको थियो। पहिलो दिन शिविरमा १३८ महिला र १०२ पुरुष गरेर जम्मा २४० जनाले स्वास्थ्य सेवा लिएका थिए। २० जना जेष्ठ नागरिक ४८ जना बालबालिका र ३ जना दिर्घ रोगिले पनि शिबिरबाट लाभ लिएको बुढाले जानकारी दिनु भयो। दोश्रो दिन कल्खे , बिगोठी र लौठीमा शिबिर संचालन भएको थियो जसमा १५० महिला र ९५ पुरुष गरेर २४५ जनाले शिविरमा आएर आफ्नो स्वास्थ्य जाच गरेका थिए।दोश्रो दिन ५८ जना जेष्ठ नागरिक,३८ जना बालबालिका र ७ जना दिर्घ रोगिले उपचार गराएका स्वास्थ्य कर्मी अशोक महताराले जानकारी दिनु भयो। तेरो दिन काखे ,करगइ र पाल्समा २५९ महिला र २०६ जना पुरुष गरेर सबै भन्दा धेरै ४६५ जनाले स्वास्थ्य सेवा लिएको र शिबिर मा ९४ जना जेष्ठ नागरिक,१०८ जना बालबालिका र ३० जना दिर्घ रोगिको चेकजाच र उपचार गरिएको प्रमुख बिनोद बुढाले जनाकारी दिनु भयो।

उपचार संगै दिर्घ रोगी कति छन् था पाउन पनि शिबिर संचालन गरिएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिहले बताउनु भयो। हामीले पालिका बासीले स्वास्थ्य सेवा सहज रुपले निशुल्क पाउन भनेर शिबिर संचालन गरिएकोसिहले जानकारी दिनु भयो। अध्यक्ष सिहका अनुसार बस्ति टाढा टाढा हुदा सबै जनता पालिकामा भएका स्वास्थ्य चौकीमा आउन सक्दैनन्। बिशेष गरेर जेष्ठ नागरिक र बालबालिका स्वास्थ्य सस्था सम्म आउन नसक्ने हुदाँ घर दैलोमै गएर स्वास्थ्य सेवा दिएको सिहले जानकारी दिनु भयो। हामि पालिका बासीले सके सम्म राम्रो स्वास्थ्य सेवा दिने पक्षमा रहेको पनि बताउनु भयो।

शिबिरमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत लगाएत टिमले अनुगमन पनि गरेको बुढा ले जानकारी दिनु भयो।

photo : Binod Budha
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *